Comments Add Comment

जसपा कर्णाली प्रदेशका महासचिव रोकायाको निधन

२६ साउन, सुर्खेत । जनता समाजवादी पार्टी (जसपा)का कर्णाली प्रदेशका महासचिव पञ्चसिंह रोकायाको निधन भएको छ । क्यान्सर पीडित रोकायाको सोमबार बिहान वीरेन्ऽनगरमा आˆनै घरमा निधन भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्षसमेत रहेका रोकाय वौद्ध ग्रामीण वहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षसमेत रहेर जिम्मेवारी सम्हालिरहेका थिए ।

रोकायले संबिधासभा तथा संसदीय निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट सांसदको उम्मेदवारी दिएका थिए ।

पाँच वर्षअघि कलेजो ट्रान्सप्लान्ट गरी निको भएका उनलाई मुखको क्यान्सरले गत चैतमा ग्रसित बनाएको थियो ।

क्यान्सर भएपछि उनी उपचार गरेर घरमै बसिरहेका थिए । उनका दुई छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment