+
+
Shares

सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना संक्रमण

टोपराज शर्मा टोपराज शर्मा
२०७७ साउन २६ गते २०:०७

२६ साउन, बुटवल । रुपन्देहीको सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । मायादेवी गाउँपालिका वडा नंम्बर ३ कम्हरियामा रहेको उक्त उद्योगका कर्मचारी सहित ११ जनामा कोरोना भाइरसको संक्रमण भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणको रिपोर्टअनुसार ५२, २३, २४, ३०, ३७, २६, ३४, २६, ३८ वर्षीय पुरुष तथा ५१ र २१ वर्षीया महिलामा कोारेना संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार शनिबार उद्योगका ४ जनाको स्वाब परीक्षण बुटवलको नेशनल प्याथ ल्याबमार्फत भएको थियो । शनिबार उद्योगका सञ्चालक सदस्य सहित ४ जनामा कोभिड–१८ संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य ८३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?