+
+
Shares

माछा मार्ने पासोमा अल्झिएर कैलालीमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते ९:३१

२७ साउन, कैलाली । कैलालीमा माछा मार्न राखेको पासोमा अल्झिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका ७ का ३६ वर्षका अशोक पासीको पासोमा अल्झिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

पासी सोमबार अपराह्न ४ बजे घरबाट बाहिर निस्किएपछि बेपत्ता भएका थिए । मंगलवार बिहान गणेशमान आधारभूत विद्यालय नजिकै डुबान भएको स्थानमा उनको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक थापाले पासीको मृत्यु पासोकै कारण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?