
२७ साउन, काठमाडौं । कोरोनाका कारण अर्थतन्त्रमा ठूलो असर परेको छ । ४ महिना लामो लकडाउनका कारण उद्योगधन्दाहरु निकै समस्यामा परे । बैंक तथा वित्तीय संस्थाहरुबाट अहिले पनि कर्जा लगानी राम्रो हुन सकेको छैन ।
नयाँ कर्जा लगानी त कम छ नै कर्जा लगेकाले पनि समयमा तिर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकले ऋण तिर्ने भाका पर सारिदिएको छ । तर कालो सूचीमा पर्नेहरुको संख्या भने दिनदिनै बढ्दै गएको छ । कर्जा सूचना केन्द्र लिमिटेड (सीआईबी) ले साउन २६ सम्म १८ हजार ६ सय ५७ व्यक्ति तथा र्फमलाई कालोसूचीमा राखिएको जनाएको छ ।
सीआईबीका अनुसार लकडाउन यतामात्रै १ हजार भन्दा धेरै व्यक्ति तथा र्फम कालोसूचीमा परेका छन् । कोरोना संक्रमणको खतरा देखिए पछि सरकारले ११ चैतदेखि लकडाउन गरेको थियो । १० चैतसम्म १७ हजार ६ सय ४५ जना व्यत्तिः तथा र्फमहरु कालोसूचीमा थिए ।
कालोसूचीमा पर्ने क्रम लकडाउन भएको करिब एक सातासम्म भने रोकियो । तर १६ चैतदेखि भने पुनः कालोसूचीको प्रक्रिया शुरु भयो । सीआईबीले निकै कडा लकडाउन भइरहेका बेला १६ चैतमा ७ जना व्यक्ति र एउटा कम्पनीलाई कालोसूचीमा राखेको थियो ।
केन्द्रका अनुसार १६ चैतमा हेमकुमारी चौधरी, श्रीराम घिमिरे, सागर केसी, हर्कबहादुर सार्की, उमादेवी सार्की, कुमार घिमिरे र भरत गैरैलाई कालोसूचीमा राखेको छ । सोही दिन एमएस सोलुसन प्रालिलाई पनि कालोसूचीमा राखिएको सीआईबीले जानकारी दिएको छ ।
त्यसयता भने कालोसूचीमा पर्नेहरुको संख्या दिनप्रतिदिन बढी नै रहृयो । सीआईका अनुसार चैत महिनामा २ सय ४५ जना कालोसूचीमा परे । वैशाखमा भने कालोसूचीमा पर्नेहरुको संख्या केहि कम देखियो । वैशाखमा जम्मा ९४ जना व्यक्ति तथा र्फम कालोसूचीमा परेको सीआईबीले जनाएको छ ।
जेठ महिनमा १ सय ५१ जना कालोसूचीमा परे । असार महिनामा पनि यो क्रम रोकिएन । असार महिनामा ३१८ जना कालोसूचीमा परे । असार यता नयाँ आर्थिक वर्ष २०७७/७८ को २६ दिनमा मात्रै पनि ३४५ जना कालोसूचीमा परिसकेको सीआईबीले जनाएको छ । साउन मसान्तसम्म यो संख्या अझै बढ्नेछ ।
कालोसूचीमा पर्ने धेरै व्यक्तिगत कारोबारी
कर्जा सूचना केन्द्रले बैंकबाट ऋण लिएको र सम्बन्धित बैंकले लेखि पठाएको अवस्थामा कालोसूचीमा राख्छ । यतिमात्रै होइन खातामा पैसा नभई चेक काटेमा चेक बाउन्स गराई बैंकले चेक काट्ने व्यक्तिलाई समेत कालो सूचीमा राख्ने गरेको छ ।
पछिल्लो तथ्यांकले धेरै व्यक्तिगत कारोबारमा गलत गर्नेहरुलाई बैंकको अनुरोधमा कालोसूचीमा राखेर कारबाही गरिएको सीआईबीले जनाएको छ । सीआईबी श्रोतकाअनुसार यसमा पनि धेरै जसो ‘जग्गा मिलाइदिन्छु’ भनेर ठग्ने र झुक्याउनका लागि खातामा पैसा नभएको चेक दिनेहरु परेका छन् ।
‘भक्तपुरका केशव बोहरा नाम गरेका एक व्यक्तिले ठूलो रकमको चेक काटेछन्, तर उनको खातामा पैसा रहेनछ’ सीआईबीका एक अधिकारीले भने, ‘जग्गाको कारोबार गर्ने उनको चेक बाउन्स भयो, एनआइशी एशिया बैंकको आग्रहमा उनलाई कालोसूचीमा राखियो, तर मैले यो एउटा उदाहरण दिएको हो यस्ता घटनाहरु धेरै छन् ।’
उसो कालोसूचीमा पर्नेहरुमा पर्नेहरुमा निर्माण कम्पनीहरु (ठेकेदार कम्पनी) समेत रहेका छन् । साउन २६ गतेमात्रै पनि यसुन निर्माण कम्पनीलाई सीआईबीले कालोसूचीमा राखेको छ ।
कालोसूचीमा निजी क्षेत्रका अस्पताल तथा मेडिकलहरु समेत रहेको सीआईबीले बताएको छ । गत २३ गते ओशिस मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई कालोसूचीमा राखिएको छ । कालोसूचीमा पर्नेहरुमा समान्य किराना पसलदेखि ठूलाठूला सेवा कम्पनीहरुरहेको सीआईबीले जनाएको छ ।
कतिपय व्यक्ति व्यक्तिबिचको कारोबार नमिलाउदा कालोसूचीमा परेका छन् भने कतिपय बैंकबाट कर्जा लिएर समयमा नतिरेका कारण पनि कालोसूचीमा परेका छन् ।
प्रतिक्रिया 4