+
+
Shares

उर्दु कवि राहत इन्दोरीको कोरोना संक्रमणका कारण निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १८:१२

२७ साउन, काठमाडौं । भारतीय कवि तथा शायर राहत इन्दाेरीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएका इन्दोरीलाई सोमबार साँझ नै मध्यप्रदेशस्थित औरविन्दो अस्पताल लगिएको थियो । मंगलबार बिहान उनकाे निधन भएकाे अस्पतालले जनाएकाे छ ।

७० वर्षीय उर्दू कवि इन्दोरी कविता र गजलमा बराबर कलम चलाउने स्रष्टा हुन् । उनले दर्जनौं हिन्दी चलचित्रका लागि गीत लेखेका छन् । उनी उर्दु साहित्यका प्राध्यापकसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?