+
+
Shares

यूएईले थप्यो विदेशी श्रमिकको एक महिनाको भिसा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १९:३८

२७ साउन, काठमाडौं । यूएईले कोरोना माहमारीका कारण असर परेर स्वदेश फर्किन नपाएका विदेशी श्रमिकलाई थप एक महिनाको भिसा दिएको छ । यसले त्यहाँ कार्यरत रहेर भिसा अवधि सकिएर बसेका नेपाली नागरिकलाई पनि राहत पुगेको छ ।

यूएई सरकारको यो आदेश अगष्ट ११ -आज) देखि लागू हुनेछ । त्यहाँ थुप्रै नेपाली चार्टर्ड फ्लाइटबाट फर्किन नपाएर बसेका छन् ।

यूएईको पहिचान र नागरिकता सम्बन्धी केन्दि्रय प्राधिकरणले भिसा सकिएका नागरिकलाई सहजसँग घर जान दिन यस्तो निर्णय गरिएको बताएको छ ।

यो अवधिमा भिसा थपिएबापत कुनै शुल्क र जरिवाना लाग्ने छैन । निर्धारित समयभित्र वैध दस्तावेज भएकाहरुलाई स्वदेश फर्किन अपिल भने गरिएको छ ।

यूएईबाट अझै १५ देखि २० हजार नेपाली स्वदेश फर्किन पर्ने अवस्थामा रहेको तथ्यांकले देखाउँछ ।

सरकारले सोमबार दिनमा २ सय जनालाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गर्च गर्ने गरी र अरु ३ सय जनालाई दूतावासको सिफारिसमा नेपाल फर्किन दिने गरी सीमा तोकेको छ । यसले कामदारलाई समस्या पर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?