+
+
Shares

यूएईले १११ नेपाली कैदीलाई दियो आममाफी, नेपाल सरकारद्वारा स्वागत

यूएई सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १२:५३

२३ असार, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । साथै यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त समेत गरिएको छ ।

विज्ञप्तिअनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा यूएई सरकारले १११ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो ।

आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल र यूएईबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बन्दै गएको सन्दर्भमा यो आममाफीको निर्णयलाई सद्भावको महत्त्वपूर्ण प्रतीकका रूपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?