
२८ साउन, गुल्मी । साउन महिनाभर विशेष मेला लाग्ने गुल्मीको रेसुंगा यसवर्ष सुनसान छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा यस वर्ष साउने मेला स्थगित गरिएको थियो ।
जिल्लाको सदरमुकाम तम्घासमाथिको अग्लो पहाडमा पर्ने ऐतिहासिक तपोभूमि रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो । तर यस वर्ष कसैले पूजा र दर्शन गर्न चाहे मन्दिर परिसरमा तोकिएको सीमा रेखाभित्र रहेर गर्न सकिने मन्दिरको पुजारीले बताएका छन् ।
विगतका साउन महिनामा दैनिक २ देखि ४ सयसम्म भत्तजनहरु मन्दिर तथा पोखरीमा नुहाउनको लागि पुग्ने गर्दथे । यस वर्ष भक्तजनको संख्या आधाले घटेको छ । साउन १ गते र साउने औंशी र एकादशीमा यहाँ विशेष मेला लाग्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4