Comments Add Comment

महोत्तरीमा मृत्यु भएका पुरुषमा दुई दिनपछि कोरोना संक्रमण पुष्टि

कन्ट्याक्ट ट्रेसिङ्ग सुरु, मलामी गएका ५६ जना होम क्वारेन्टिनमा

२८ साउन, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाका एक पुरुषमा मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

मटिहानी नगरपालिका वडानम्बर-६ निवासी ५२ वर्षीय पुरुषको गत सोमबार जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु भएको थियो ।

आइतबार नै अस्पतालमा भर्ना भए पनि सोमबार उनको स्वाब संकलन गरिएको थियो । सोही दिन राति ९ बजेतिर अस्पतालमै उनको मृत्यु भएको मटिहानी नगरपालिकाका मेयर हरी मण्डलले जानकारी दिए ।

अस्पतालमा मृत्यु भएका ती पुरुषको शवलाई गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि मंगलबार राति रिपोर्ट पोजेटिभ आएको मेयर मण्डलले बताए ।

फोक्सो र मधुमेहका बिरामी ती पुरुषलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि मृतकको अन्तिम संस्कार गरिसकिएको अवस्थामा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

मृत्युपछि अन्तिम संस्कारसमेत गरिसकिएको अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु गरिएको मेयर मण्डलले जानकारी दिए । उनका अनुसार पहिलो कन्ट्याक्टमा उनको सम्पर्कमा देखिएका १५ जनाको स्वाब संकलन गरिएको छ । अन्य कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको उनले बताए ।

मृतक पुरुषको ५६ जना मलामी गएका थिए । मलामी गएका ५६ जनालाई होम क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment