+
+
Shares

प्रचण्डको सचिवालयका एक चालकलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते १६:०८

२८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो । प्रचण्ड सचिवालय स्रोतका अनुसार नयाँ संक्रमित चालकले सचिवालयका सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउँथे ।

यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उनको परीक्षण गरिएको थिएन ।

नयाँ संक्रमित भेटिएसँगै प्रचण्डका सचिवालय सदस्यहरुको कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?