Comments Add Comment

सर्वोच्चमा स्वचालित पेशी तोक्ने उपाय खोज्न समिति गठन

२८ साउन,काठमाडौं । सर्वोच्च अदालतले स्वचालित विधिबाट पेसी तोकिने पारदर्शी र वैज्ञानिक व्यवस्थापनका विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ ।

प्रधानन्यायाधीशले तजबिजमा मुद्दाको पेशी तोक्दा भ्रष्टाचार चलखेल  हुने गरेको भन्दै लामो समयदेखि स्वचालित पेसी व्यवस्थापनको बारेमा बहस हुँदै आएको थियो ।

स्वचालित पेसी व्यवस्थापनका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनहरु समेतको अध्ययन गरी सो पद्धति लागु गर्ने सम्बन्धमा अदालतले सुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई एक महिनाको कार्यविधि दिएको छ ।

बरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा गठित समितिमा न्यायधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य छन् । त्यस्तै सर्वोच्च अदालतका रजिष्टार, नायव महान्यायाधिवक्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष,सर्वोच्च अदालत बार एशोसिएसनका सदस्य समितिमा रहनेछन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले तजबिजमा पेशी तोक्दा व्यापक भ्रष्टाचार, घुसखोरी भयो भन्ने आवाज उठ्दै आएको छ । कुन मुद्दा कुन न्यायाधीशमा राख्ने भन्नेबाटै चलखेल हुने गरेकाले पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशको तजबिजको साटो स्वचालित ढंगले तोकिने व्यवस्था हुनुपर्ने माग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment