Comments Add Comment

ललितपुरमा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द

२८ साउन, काठमाडौं । लितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गरी दिनदिनै कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

यो अवधिमा महानगरपालिकाले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

यसअघि काठमाडौं उपत्यकामा रहेका नगरपालिकाहरुको मेयरहरुको संगठन नगरपालिका मेयर्स फोरमको बैठकले स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

महानगरपालिकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कन परे पनि अनिवार्यरुपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment