+
+
Shares

नेपालगञ्जका ४ कर अधिकृतसहित १२ जना कोरोना संक्रमण मुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते ७:३१

२९ साउन, नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ४ कर अधिकृतसहित १२ जना कारोना संक्रमण मुक्त भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ४ जना कर अधिकृत, ४ जना सहायक कर्मचारी र ४ जना कर्मचारी परिवार संक्रमण मुक्त भएका हुन् ।

कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आन्तरिक राजस्व कार्यालयको एक भवनमा बनाइएको अस्थायी आइसोलेसन सेन्टरमा राखिएको थियो । आइसोलेसनमा १४ दिन बसाइँपछि संक्रमण मुक्त भएर उनीहरु घर फर्किएको फोकल पर्सन श्रेष्ठले बताए ।

कार्यालयका कर्मचारी र कर्मचारी परिवार कोरोना संक्रमण मुक्त भएर घर फर्किएपछि कार्यालयको अस्थायी आइसोलसन सेन्टर पनि खाली भएको छ ।

यसअघि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जकै एकजना अधिकृतमा कोरोना संक्रमण देखिएकोमा उनी पनि संक्रमण मुक्त भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?