Comments Add Comment

सुर्खेतमा थपिए १८ कोरोना संक्रमित, १७ जना वीरेन्द्रनगरका

२९ साउन, सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीका अन्य जिल्लामा भने यो अवधिमा संक्रमित थपिएका छैन‍न् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षका तीनजना महिला, १, २, ३, २५, २७ र ४६ वर्षका ६ जना पुरुष, वडानम‍्बर-१३ का २२ र २५ वर्षका दुईजना महिला,  ६, १३, २०, २७, ३२ र ३८ वर्षका ६ जना पुरुष रहेका छन् ।

एक जना संक्रमित भने लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स‌ंक्रमितको संख्या २०५२ पुगेको छ ।

प्रदेशमा हालसम्म १९०१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको भने मृत्यु भएको छ । १४५ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment