Comments Add Comment

सीडीओ कार्यालय धनुषा र सिराहामा अत्यावश्यकबाहेकका काम बन्द

२९ साउन, जनकपुधराम । धनुषा र सिराहा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ ।

सिराहा जिल्ला प्रशासन कार्यालयका एकजना कर्मचारीमै कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका कामकाज अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, ठाडो उजुरीबाहेक दैनिक रुपमा हुँदै आएको अन्य सबै काम बन्द गरिएको बताए ।

‘सेवा लिन आउने कोरोना संक्रमित छन्, छैनन्, त्यो कसरी थाहा हुन्छ ?’ प्रजअ कणेलले भने, “त्यही भएर अहिले कामकाज बन्द गरिएको छ ।”

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकाले शुक्रबारदेखि अनिश्चितकालका लागि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय भएको बताए ।

उनले शान्ति सुरक्षा सम्बन्धी सेवा, विपद् सम्बन्धी काम, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्यबाहेक सबै काम तत्कालका लागि बन्द गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment