Comments Add Comment

कोशी अस्पतालमा एक युवकको मृत्यु

२९ साउन, विराटनगर । विराटनगरमा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिको मृत्यु भएको छ । विराटनगर महानगरपालिका –१५ का ३० वर्षीय पंकज गुप्ताको बिहीबार कोशी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई बिहान साढे १० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

केही दिनदेखि ज्वरो आउने, रिंगाटा चल्नेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएकाले पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको डा. दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment