Comments Add Comment

प्रदेश २ प्रहरी कार्यालयका तीन प्रहरी कर्मचारीमा कोरोना

२९ साउन, जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयका २२, २४ र २६ वर्षका प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले पनि कार्यालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँग प्रदेश २ मा संक्रमित प्रहरीको संख्या १ सय ५ पुगेको छ । यीमध्ये ४४ जना निको भइसकेको डीआईजी सिंहले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालयका एकजनामा संक्रमण

यस्तै, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ वर्षीय कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment