+
+

कतारबाट नेपाल फर्कने ९,३८५ जनाको नामावली सार्वजनिक

अनिल पराजुली अनिल पराजुली
२०७७ साउन ३० गते ७:२०

३० साउन, कतार । कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ ।

नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन् भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन ३ हजार ६ सय २८ जनाको विवरण दूतावासलाई बुझाएका छन् ।

२६ जुन देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाइन फारम भरेका नेपालीहरुको नामावली दूतावासले प्रकाशित गरेको हो ।

दूतावासले प्रकाशित गरेको नामावलीमध्येबाट प्राथमिकताका आधारमा स्वदेश फिर्ता पठाइने छ । यसअघि दूतावासले स्वदेश फर्कनै पर्ने व्यक्तिहरुको पहिलो नामावली १२ जुनमा र दोस्रो नामावली २५ जुनमा प्रकाशित गरेको थियो ।

कोरोनाको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्किसकेका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शवसमेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

कोभिडका कारण कतारमा हजारौं नेपालीहरुले रोजगारी गुमाएका छन् । समयमै स्वदेश फर्कन नपाउदा उनीहरु थप पीडित बनेका छन् । लामो समय नियमित हवाई उडान बन्द हुँदा यहाँ रोजगारी गुमाएर बसेका श्रमिकहरु समस्यामा रहेका छन् ।

हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत छन् ।

नेपाल फर्कनका लागि फारम भरेका व्यक्तिहरुको विवरण यहाँ हेर्नुहोस्

कतारका कम्पनीले कामदार पठाउन नेपाली दूतावासलाई बुझाएको विवरण हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?