Comments Add Comment

पेरुमा पाँच लाख नाघे कोरोना संक्रमित

३० साउन, काठमाडौं । पेरुमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पेरुको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पेरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख सात हजार ९९६ पुगेको छ । त्यस्तै पेरुमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार ६४८ पुगेको छ । पेरु ल्याटिन अमेरिकामा कोरोनाको मृत्युदर सबैभन्दा धेरै भएको मुलुक हो । यो मुलुकमा प्रति एक लाख मानिसमा मृत्युदर ७८ दशमलव ६ छ । यो संख्या कोरोना भाइरसबाट निकै प्रभावित बनेका ब्राजिल र चिलीको भन्दा पनि धेरै हो ।

पेरुका राष्ट्रपति मार्टिन भिज्काराले पछिल्लो समय मुलुकमा बढ्दो कोरोना भाइरसको संक्रमणमा सामाजिक तथा खेलकुदका गतिविधिका साथै मानिसहरुको लापरबाहीको कारण पेरुमा कोरोना भाइरसको संक्रमण बढेको बताएका छन् । मानिसहरुमा अत्यधिक आत्मविश्वास देखिएकाले पनि कोरोना भाइरसको संक्रमण बढेको भिज्काराको भनाइ छ ।

उनले आफ्नो विगतबाट पाठ सिक्दै आफ्नो गल्ती सच्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment