+
+
Shares

१६ दिन आइसोलेनमा बसेपछि रिपोर्ट आयो पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १६:०७

३० साउन, काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–७ का २१ र २९ वर्षका दुई पुरुष भारतबाट घर फर्किए । स्थानीय जनप्रतिनिधिले वडा नम्बर ६ स्थित सिगास माविको क्वारेन्टिनमा राखे ।

१३ दिन क्वारेन्टिनमा बसेर घर जाने तयारी गरिरहेका उनीहरुको साउन ४ गते आरडीटी गर्दा दुवै जनाको रिपोर्ट पोजेटिभ आयो । उनीहरु घर जान पाउने कुरै भएन ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार दुवै जनाको त्यही दिन स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइयो । ‘साउन ८ गते रिपोर्ट आउँदा पोजेटिभ देखियो,’ स्वास्थ्य संयोजक महराले अनलाइनखबरसँग भने, ‘रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई त्यही विद्यालयको आइसोलेसन कक्षमा राख्यौं ।’

आइसोलेसनमा बसेको पाँच दिनपछि फेरि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइयो । तर रिपोर्ट आउन १६ दिन लाग्यो । साउन २८ गते आउँदा पुनः संक्रमण देखियो ।

तर १४ दिनभन्दा बढी समय आइसोलेसनमा बसिसकेको र लक्षण पनि नभएकाले बिहीबार घर पठाइयो । उनले भने, ‘घरमै सावधानी पूर्वक बस्ने शर्तमा हामीले उहाँहरुलाई साउन २९ गते घर पठाएका हौं । उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा बस्ने गरी जानुभएको छ ।’

महराका अनुसार सुर्नया गाउँपालिकामा अहिलेसम्म २८ जनामा संक्रमण पुष्टि भएकोमा सबै जना घर गइसकेका छन् । वडा नम्बर ५ सिथत चन्द्रमणि आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ जना छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?