Comments Add Comment

भरतपुरमा अत्यावश्यक बाहेकका पसल र गाडी बन्द

३० साउन, काठमाडौं । चितवनको भरतपुरमा शुक्रबार रातिदेखि भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा बजार, कार्यालय र यातायातका साधन बन्द हुनेछन् ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी निषेधाज्ञाको समयमा अत्यावश्यक सामान किन्न विहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म मात्र घर बाहिर निस्कन पाइने उल्लेख गरेको छ ।

त्यस्तै लामो दूरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शववाहन, तरकारी, फलफूल तथा दूध ढुवानीका गाडी, पशुपंक्षीको दाना बोक्ने गाडी, खानेपानी र इन्धन बोक्ने ट्यांकर पनि चल्न पाउनेछन् ।

निषेधाज्ञा लगाइएका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका सवारी साधन र अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी साधन मात्र चल्न पाउनेछन् ।

आधारभूत खाद्य सामग्री, पेट्रोल पम्प, ग्यास डिपो, औषधी पसलमात्र खुल्न पाउनेछन् ।

स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयबाहेक अन्य सरकारी कार्यालय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारीका सेवा पनि बन्द हुनेछन् । विवाह ब्रतबन्धलगायतका धार्मिक, साँस्कृतिक भेला तथा जमघट पनि बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।

सुरक्षा मापदण्ड अपनाएर उद्योग परिसरभित्रै कर्मचारीलाई क्वारेन्टिनमा राखेर उद्योग सञ्चालन गर्न भने पाइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment