+
+
Shares

पश्चिम नवलपरासीमा शनिबार रातिदेखि निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १९:४५

३० साउन, काठमाडौं । नजिकिँदै गरेको तीज पर्वमा हुने भिडभाडलाई लक्षित गरी पश्चिम नवलपरासीमा शनिबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक जानकारी दिए ।

निषेधाज्ञाको समयमा जमघट, भेटघाट, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्न प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।

धार्मिक स्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगराउन तथा चाडपर्वहरु आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरु पालना गरी मनाउने गरी निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानुन बमोजिम कारबाही हुने प्रजिअ पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?