Comments Add Comment

पत्रकारमाथि प्रहरीले बर्सायो लाठी

३० साउन, जनकपुरधाम । जनकपुरधामस्थित नवजीवन अस्पतालमा रिपोर्टिङ्ग गर्न गएका दुई जना पत्रकारमाथि प्रहरीले लाठी बर्साएका छन् ।

प्रहरीको लाठी प्रहारबाट पत्रकार सन्तोष यादव र सिवेन्द्र रोहिता घाइते भएका छन् । आफू पत्रकार भएको बताइरहँदा पनि प्रहरीले यी दुईमाथि लाठी बर्साएका हुन् ।

नवजीवन अस्पतालमा बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बषर्ीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक पक्षधरले चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको भन्दै दोषीलाई कार्वाही गरी क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडान लिएका थिए । सोही बिषयको रिपोर्टिङ्ग गर्न गएका पत्रकारद्वय यादव र रोहितामाथि समेत प्रहरीले लाठी चार्ज गरेका हुन् ।

फोटो खिचिरहेका मोबाइल समेत खोसेर प्रहरीले फुटाएको पत्रकार रोहितोल बताएका छन् ।

धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले पत्रकारमाथि लाठी प्रहार गरेको बिषयमा जानकारी नभएको बताउँदै यसबारे बुझ्ने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment