+
+
Shares

लिदी पहिरोः थप ७ जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३१ गते २१:०२

३१ साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परेका थप ७ जनाको शव भेटिएको छ । यससँगै मृतकको संख्या १८ जना पुगेका छन् ।

शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २१ जना अझै बेपत्ता छन् । नेपाली सेना, प्रहरी र स्थानीयवासी पहिरोमा परेकाहरुको खोजी गरिरहेको छ ।

पहिरोमा परेका मध्ये माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ, कविर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङको शव शनिबार भेटिएको छ ।

टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङको शव भेटिएको थियो ।

पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको सिभिल अस्पताल, काठमाडौंमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यसैबीच वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेका छन् ।मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल लगायतको टोली पहिरोस्थलमा पुगेका हुन् ।

उनीहरुले प्रदेशबाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरेका छन् ।

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई तत्काल अस्थायी रूपमा नजिकै सुरक्षित स्थानमा सारिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उेनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?