Comments Add Comment

अलिबाबासहितका केही चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीमा ट्रम्प

३२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलिबाबासहितका अन्य चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउन सकिने बताएका छन् । अमेरिकामा टिकटकको सेवा बन्द गर्न बाइटडान्सलाई ९० दिनको म्याद दिएसँगै ट्रम्पले अन्य चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्ध लगाउन सकिने बताएका हुन् ।

शनिबार सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले अलिबाबासहितका अन्य कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको बताएका हुन् ।

पछिल्लो समय ट्रम्प चीनको स्वामित्वमा रहेका कम्पनीमाथि दबाब बढाउँदै आएका छन् । ट्रम्पले शुक्रबार चिनियाँ कम्पनी बाइटडान्सलाई ९० दिनभित्र अमेरिकाको आफ्नो सेवा बन्द गर्न निर्देशन दिएका थिए ।

अमेरिकाले व्यक्तिगत डेटा सुरक्षाको विषयलाई लिएर टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको हो । यद्यपि बाइटडान्सले भने अमेरिकाले लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएको छ । पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध चिसिएको छ । सोही अवस्थामा अमेरिकाले चिनियाँ कम्पनीलाई निशाना बनाइरहेको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment