Comments Add Comment

सलोनले ‘रुम नम्बर १०८’ बनाउने

नायक सलोन बस्नेत नयाँ चलचित्र निर्माणमा लागेका छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रुम नम्बर १०८’ राखिएको छ । यो नाममा सलोनले अर्का नायक आमेष भण्डारीसँग मिलेर गीत सार्वजनिक गरिसकेका छन् ।

यो चलचित्रको कथामा काम भैरहेको सलोनले बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘हो, हामीले लकडाउनको समयमा यो चलचित्र निर्माणको कामलाई अगाडि बढाएका हौं । चलचित्रको मुख्य भूमिकामा आमेष र मैले काम गर्नेछौ । अरु सबै कलाकार नयाँ हुनेछन् ।’

सलोनका अनुसार, यो चलचित्रलाई थ्रिलर कथामा निर्माण गरिनेछ । केही यूवाहरुको समुहको कथा चलचित्रमा प्रस्तुत हुने उनले बताए ।

साथमा, कमेडीलाई पनि प्राथमिकता दिइने उनले बताए । सलोनले भने–‘हामी सकेसम्म चाडै नै चलचित्रको छायांकन गर्ने सोचमा छौ । तर, छायांकनका लागि अनुमति कहिले पाइन्छ, पक्का छैन ।’
सलोन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment