Comments Add Comment

वीरगञ्जमा कोरोना अस्पतालबाट डिस्चार्ज भएपछि एकजनाको मृत्यु

३२ साउन, वीरगञ्ज । कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति उनी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

साउन १९ गते नारायणी अस्तालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको थियो ।

झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले डिस्चार्जको बेलामा नै चिकित्सकले उनलाई थप उपचारका लागि अन्य अस्पताल भर्ना गर्न सुझाव दिएका थिए ।

त्यसपछि उनका आफन्तले उनलाई नारायणी वयोधा अस्पतालको आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति नै साढे ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकको शव आफन्तले ल्याएर हिन्दु धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिसकेका छन् । मृतकका जेठो छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले होटल रानीपोखरी होटल आइसोलेसनमा उपचाररत छन् ।

कान्छो छोराले बुवालाई दागबत्ति दिएका थिए । मृतकका श्रीमती र अर्को छोराको पनि पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment