+
+
Shares

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते ११:४४
फाइल तस्वीर

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीले बोलाएपछि नेता रमेश लेखकलाई लिएर नेता देउवा बालुवाटार पुगेका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी छन् ।

भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या समाधान लगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?