Comments Add Comment

कोरोना महामारीकाबीच बंगलादेशको अर्थतन्त्रमा सुधार

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको बाबजुद आर्थिक वर्ष सन् २०१९/२० मा बंगलादेशको अर्थतन्त्र पाँच दशमलव २४ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा देखिएको यस किसिमको सुधारको आंकलन गर्दै अर्थशास्त्रीहरुले अन्य मुलुकको तुलनामा बंगलादेशको अर्थतन्त्र छिटै नै लयमा फर्किने अनुमान गरेका छन् ।

दक्षिण एसियाका अन्य मुलुकको अर्थतन्त्रमा भने कोरोना भाइरसका कारण नकारात्मक असर देखिएको छ । फलस्वरुप उनीहरुको आर्थिक वृद्धि पनि अनुमान गरिएभन्दा कम देखिएको छ । कोरोना भाइरसको संकट चलिरहेको अवस्थामा गत जुलाई महिनामा बंगलादेशको निर्यात शून्य दशमलव ६ प्रतिशत बढेर तीन अर्ब ९१ करोड डलर पुगेको थियो । अप्रिलमा भने बंगलादेशको निर्यातमा ८३ प्रतिशतसम्म गिरावट आएको थियो र निर्यात ५२ करोड डलरमा सीमित भएको थियो । तर, दुई महिनाभित्रै बंगलादेशले निर्यातमा उल्लेख्य सुधार गरेको हो ।

बंगलादेशको आयातमा पनि विस्तारै सुधार भइरहेको देखिएको छ । मे महिनाको तुलनामा जुनमा बंगलादेशको आयात ३६ प्रतिशत बढेको छ ।

विदेशमा रहेका बंगलादेशीबाट आउने रेमिट्यान्स पनि उक्त आर्थिक वर्षमा १८ अर्ब २० करोडले बढेको थियो । गत जुलाईमा बंगलादेशको वैदेशिक मुद्रा सञ्चितिमा पनि उल्लेख्य वृद्धि भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment