+
+

बारामा दुई गाउँबीचको झडप रोक्न १३ राउण्ड हवाइ फायर

सुरेश बिडारी सुरेश बिडारी
२०७७ भदौ १ गते १४:४०

१ भदौ, वीरगञ्ज । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।

सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्‍दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रले बताए । ‘गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएछ, घरटहरा समेत भत्काउन शुरु गरेपछि जिल्लाबाट थप टोली गयौं ।

६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप रोकिएन, १३ राउण्ड हवाई फायर गरेपछि बल्ल स्थिति नियन्त्रणमा आयो’ उनले भने ।

स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?