Comments Add Comment

कोरोना नियन्त्रणमा नबिल बैंकको ६ करोड ५५ लाखको योगदान

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नविल बैंकले सबैभन्दा धेरै आर्थिक सहयोग गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले बनाएको कोषमा नगद जम्मादेखि लिएर पीसीआर मेसिन किन्न समेत नबिल बैंकले सहयोग गरेको छ ।

नबिलले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ । हालै अर्थमन्त्री डा. युवराज खतिवडालाई बैंकका संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाहले संयुक्त रुपमा सो रकमको चेक हस्तान्तरण गरे ।

नबिल बैंकले हस्तान्तरण गरेको रकम हालसम्मकै सबै भन्दा ठूलो सहयोग रकम हो । चेक हस्तान्तरण पश्चात सीईओ शाहले भने, ‘नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान हो ।’

‘बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो’ सीईओ शाहले भने ।

नबिलले यस अघि कर्णाली प्रदेश सरकारलाई पीसीआर परीक्षण गर्ने मेसिन खरिद गर्नका लागि २८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको थियो । कोरोना भाइरस नियन्त्रणका लागि संस्थागत रुपमा त छदैछ बैंकका सञ्चालक समिति सदस्य तथा कर्मचारीहरुले समेत २६ लाख २८ हजार ८ सय ६७ रुपैयाँ हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment