+
+
Shares

भर्चुअल तेक्वान्दो च्याम्पियनसिप हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १८:०२

१ भदौ, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगष्ट २९ देखि ३० तारिखसम्म हुने भएको छ ।

प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

पुरुष-महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यु–१२, यु–१५, यु–१८, १८– ३१ वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेर समूहमा खेल हुने छ । पुम्से विधामा मात्र प्रतिस्पर्धा हुने छ ।

च्याम्पियनसिपका लागि खेलाडीले अगष्ट २७ र २८ तारिखमा श्रब्यदृष्य पठाइसक्नु पर्ने छ । प्रतियोगिता सञ्चालन गर्न खड्कासहित नोर्बु लामा, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गी निर्णायकका रुपमा परिचालन हुने छन् ।

खड्का साउन २० गते कार्यवाहक अध्यक्ष भएपछि पहिलो प्रतियोगिता हुन लागेको हो । च्याम्पियनसिपलाई नेपाल तेक्वान्दो संघले पनि स्वीकृति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?