
१ भदौ, वीरगञ्ज । यसवर्षको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार कविता खड्कालाई प्रदान गरिएको छ ।
प्रतीक दैनिकको ३४ औँ वार्षिकोत्सवको अवसरमा मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाकी प्रकाशक/सम्पादक कविता खड्काले प्राप्त गरेकी हुन् ।
प्रतीक दैनिकको कार्यालयमा सोमबार प्रधान सम्पादक जगदीश शर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुको साथै दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान गरे ।
खड्काले विस २०७३ सालदेखि मध्य नेपाल सन्देश पत्रिका र मध्य नेपाल अनलाइन सञ्चालन गर्दै आएकी छन् ।
यसैगरी कोरोनाको महामारीको समयमा जोखिम मोलेर सेवा गर्ने सरसफाइकर्मी अयोध्याप्रसाद तत्वासहित ६ जना र अन्य स्वास्थ्यकर्मी, पत्रकार लगायत सामाजिक व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4