+
+
Shares

प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुखले फिर्ता पठाए

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १९:३७

१ भदौ, जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुख तिलक परियारले फिर्ता पठाएका छन् ।

प्रदेशसभाबाट १३ असारमा पारित भएको विधेयक प्रमाणीकरणका लागि पठाएको करिब दुई महिनापछि प्रदेश प्रमुख कार्यालयले फिर्ता पठाएको छ ।

प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत गोकुल भुजेलले विधेयक अनौपचारिक रुपमा फिर्ता पठाइएको बताए । ‘विधेयकमा धेरै शब्दहरु मिलेको छैन । भाषामा पनि अशुद्ध देखिएको छ’ उनले भने, “त्यही अशुद्ध लेखाइलाई शुद्ध बनाएर ल्याउन भनेका छौं ।’

अधिकृत भुजेलले अगाडि भने ‘कम्प्युटर अपरेटरले टाइप गर्ने बेलामा शब्दहरुलाई अशुद्ध बनाएका हुन सक्छन्, त्यसप्रति कसैले पनि ध्यान दिएको देखिएको छैन’ उनले भने, ‘त्यही त्रुटिलाई सच्चयाएर ल्याउन अनौपचारिक रुपमा भनेका हौं ।’

प्रदेश प्रमुखले हस्ताक्षर गरेपछि आधिकारिक दस्ताबेज भन्ने भन्दै उनले त्रुटिसहित प्रमाणीकरण गर्दा भविष्यमा कानुनको ब्याख्या गर्दा समस्या आउन सक्ने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?