Comments Add Comment

जंगली च्याउ खाँदा प्युठानमा दाजु–भाइको मृत्यु

२ भदौ, बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो ।

साउन ३१ गते जंगली च्याउको तरकारी बनाएर खाएपछि विरामी भएका दुई दाजु–भाइको उपचार नपाएर घरमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार च्याउ खाँदा परिवारकै ३५ वर्षीय विष्णु घर्ती, ३४ वर्षीया लीला घर्ती र १६ वर्षीय शशी घर्ती बिरामी परेका छन् । उनीहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment