Comments Add Comment

कवितामार्फत निर्मलाको लागि न्याय माग्दै नाजिर

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ बर्ष भयो । तर, अहिलेसम्म दोषी पहिचान गरेर कारवाही भएको छैन । निर्मलाको हत्या भएपछि देशभर आन्दोलन पनि भयो । आन्दोलन मत्थर भएपनि उनको परिवारले न्याय पाएको छैन ।

यसैविच, निर्मला पन्तको हत्या भएको २ बर्ष पुगिसक्दा पनि उनले न्याय नपाएको भन्दै डिजिटल आन्दोलन सुरु भैरहेको छ । सामाजिक संजालमा निर्मलालाई न्याय दिन नेपाली चलचित्रका कलाकारले पनि आवाज उठाइरहेका छन् ।

नायक तथा मोडल नाजिर हुसेनले भने निर्मलाको हत्यारा पत्ता लगाउन र दोषीमाथि कडा कारवाही गर्न कवितामार्फत सरकारलाई दबाब दिएका छन् ।

‘हरियो प्रश्न’ नाम दिएर उनले लेखेका छन्–‘एक समय अदालतमा अडर अडर भन्दै गाभल बजेको थियो, न्याय मुर्तीको हातमा झुन्डिएको बाङ्गो तराजुले सिधा न्याय गरेको थियो त ? बाको मुटु चक्नाचुर भएर फुटेको कस्ले देख्यो ? एक त्यान्द्रो आशा बोकेर ढोकादेखि ढोकासम्म पुगेको बाको नांगो पैतालालाई कसले देख्यो ?’

नाजिर अगाडि लेख्छन्–‘हो हजुर म निर्मलाको कुरा गरिरहेको छु । जसको मृत शरीरबाट गन्हाउने बासी विर्य अझैपनि हाम्रो मस्तिष्कमा ताजै भएर डुङ्गडुङती गन्हाइरहेको छ, के तपाइलाई गन्हाएको छैन ? महासय । मुटुमा हात राखेर भन्नुहोस् त, तपाइको अदालतमा न्या मुर्तीको हातमा झुन्डिरहेको त्यो बाङ्गो तराजुले सिधा न्याय गर्यो त आजसम्म ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment