२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । चालकमा कोरोना संक्रमण देखिएपछि सचिव अर्याल होम क्वारेन्टिनमा बसेका छन्।
स्वास्थ्य मन्त्रालयको स्रोत अनुसार सचिव अर्याल एक हप्ता होम क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै मन्त्रालय आउने तयारीमा छन्। उनी आइतबार साँझबाट होम क्वारेन्टिनमा बसेका हुन् । स्रोतले भन्यो, ‘उहाँले घरबाटै नियमित ब्रिफिङ लिने दिने गरिरहनुभएको छ।’
अहिलेसम्म मन्त्रालयका ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4