Comments Add Comment

निलम्बन बदर गर्न माग गर्दै रौनियारले स‌ंसदमा दिए निवेदन

३ भदौ, काठमाडौं । आफ्नो सांसद पद निलम्बन बदर गर्न माग गर्दै हरिनारायण प्रसाद रौनियारले संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेकाले उनी निलम्बित छन् ।

आफू निलम्बनमा परेपछि रौनियारले ०७५ पुस १५ मा निलम्बन गर्नुको कारण खुलाउन माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका थिए ।

त्यसको कुनै जवाफ नआएको भन्दै उनले मंगलबार पुन: निवेदन दिएका हुन् ।

निवेदनमा उनले आफ्नो सांसद पद निलम्बन बदर गरी यथाअवस्थामा कामकाज गर्ने आदेश माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्वा दर्ता गर्दैमा जननिर्वाचित प्रतिनिधि निलम्बन गर्ने प्रावधान प्रतिनिधिसभा संसद नियमावलीसमेतको विरुद्ध रहेको रौनियारको जिकिर छ ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्वा चलेको अवस्थामा किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment