
४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारबाट शुरु भएको निषेधाज्ञाको समयमा पनि संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको काम भने नरोकिने भएको छ ।
मन्त्रालयले एक दिनमा एक चौथाई मात्र कर्मचारीबाट काम गराउने गरी तालीका बनाएको छ । एक साताका लागि काम गर्ने गरी कर्मचारीलाई चार समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको नेतृत्वले सहसचिवस्तरका अधिकृतबाट गर्ने र कर्मचारीलाई आवश्यकता अनुसार खटाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञाको समयमा समेत मन्त्रालयबाट प्रवाह हुने अत्यावश्यक सेवाको निरन्तरताका लागि यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4