Comments Add Comment

विप्लव समूहकी नेता उमा भुजेल फेरि सप्तरीमा पक्राउ

फाइल तस्वीरु

४ भदौ, सप्तरी । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाकी नेत्री उमा भुजेल फेरि पक्राउ परेकी छन् ।

४१ वर्षीया भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ ।

अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी नेता भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार मात्रै साधारण तारखेमा रिहा गरेको थियो ।

यसअघि पनि भुजेललाई विभिन्न ठाउँबाट पक्राउ गरेर प्रहरीले अड्डासार गर्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment