+
+

कर्मचारी र सुरक्षाकर्मीसहित कर्णालीमा थपिए ३३ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ४ गते १८:३०

४ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्मचारी, सुरक्षाकर्मी र कामदारसहित ३३ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ७ जना सरकारी भवन निर्माणमा संलग्न कर्मचारी, तीनजना सुरक्षाकर्मी, एकजना बित्तीय संस्थाका कर्मचारी, एकजना निजी संस्थाका कम्प्युटर अपरेटरसहित वीरेन्द्रनगरका मात्रै १४ जना रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए ।

प्रमुख वाग्लेका अनुसार ती कार्यालयहरु केही दिनका लागि सिल गरेर ‘कन्ट्याक्ट ट्रेसिङ्ग’ गर्ने काम भैरहको छ । सरकारी भवन निर्माणमा संलग्न कर्मचारी भने लकडाउन खुलेपछि संक्रमित जिल्लाहरुबाट सुर्खेत आएको प्रमुख वाग्लेले बताए ।

बिहीबार थपिएका संक्रमितमध्ये जिल्लागत विवरणअनुसार दैलेखका १८ जना, बाँके र पर्साका तीन/तीनजना, बाराका दुईजना, सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, अछाम, मोहतरी र काठमाण्डौंका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१६३ पुगेको छ ।

यस्तै, कर्णालीमा बिहीबार थप १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९४५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २१२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?