Comments Add Comment

फ्रान्स, स्पेन, जर्मनी र इटालीमा फेरि बढ्न थाले कोरोना संक्रमित

५ भदौ, काठमाडौं । फ्रान्समा बिहीबार कोरोना भाइरस (कोभिड-१९) का चार हजार ७७१ नयाँ संक्रमित थपिएका छन् ।

अघिल्लो दिनको तुलनामा फ्रान्समा कोरोना भाइरसका एक हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् । मेपछि पहिलोपटक फ्रान्सन्समा कोरोना भाइरसका चार हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

फ्रान्सका साथै स्पेन, जर्मनी र इटालीमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । स्पेनमा अधिकांश संक्रमण युवामा देखिएको छ भने जर्मनीमा विदेशबाट फर्किएका मानिसहरुमा धेरै संक्रमण देखिएको छ । स्पेनमा बिहीबार कोरोना भाइरसका तीन हजार ३४९ नयाँ संक्रमित थपिएका हुन् ।

बेलायतमा पनि बिहीबार कोरोना भाइरसका एक हजार १८२ नयाँ संक्रमित फेला परेका छन् । जर्मनीमा पनि एक हजार ७०७ नयाँ संक्रमित थपिएका थिए । कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको युरोपेली मुलुक इटालीमा पनि बिहीबार ८५४ नयाँ संक्रमित थपिएका हुन् । गत मेपछि पहिलोपटक इटालीमा यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा कोरोना भाइरसको परीक्षण बढाइएसँगै कोरोना भाइरसका संक्रमित पनि बढेका हुन् । गत साता फ्रान्समा ६ लाख ६४ हजारभन्दा धेरै कोरोना भाइरसको परीक्षण गरिएको थियो । यद्यपि फ्रान्समा जुलाईको तुलनामा अगाष्टमा करिब दोब्बर कोरोना भाइरसका संक्रमित भेटिएका छन् । फ्रान्सको सबै ठूला सहरमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

साथै लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य बनाउने प्रयासमा कोरोना भाइरसको संक्रमणमा उल्लेख्य मात्रामा बढेको छ । भौतिक दुरीको नियम नमान्ने मानिसहरुको कारण पनि कोरोना संक्रमण बढेको हो ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment