Comments Add Comment

पर्सा, बारा र रौतहटमा गरी थप ६० जनामा देखियो कोरोना

६ भदौ, वीरगञ्ज । पर्सा, बारा र रौतहटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रायोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये बाराका ५ जना र रौतहटका १ जना छन् ।

प्रयोगशाला स्रोतका अनुसार शुक्रबार ४ सय ५० जनाको पीसीआर परीक्षण गरिएको थियो । संक्रमितमध्ये अधिकांश पर्साको पर्सागढी नगरपालिकाका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका केही प्रहरीमा पनि संक्रमण देखिएको छ । संक्रमितबारे थप विवरण आउन बाँकी छ ।

अन्य निकायबाट सूचना प्रवाहमा रोक लगाएर जिल्ला प्रशासन कार्यालय पर्साले हरेक दिन बेलुकी मात्रै संक्रमितको संख्या सार्वजनिक गर्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ ५ गते साँझ ५ बजेसम्म पर्सामा ३ सय ८० जना महिलासहित १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २२ जना भारतीय नागरिक, १ सय १८ जना स्वास्थ्यकर्मी, ८५ जना सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी–थुनुवा, ४८ जना अस्पतालका सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी छन् ।

विहीबार गरिएको परीक्षणमा पर्साका ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज महानगरपालिकाका ७१, बहुदरमाई, पोखरिया नगरपालिकाका १÷१ जना, जिराभवानी  र पकहामैनपुर गाउँपालिका का १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये २७ जना महिलासहित १ सय ३८ जना आइसोलेसनमा छन् । २०४ जना महिलासहित ६०५ जनालाई होम आइसोलेसनमा र २१ जना महिलासहित १ सय १ जना शंकास्पद मानिस क्वारेन्टिनमा छन् । १७ हजार २ सय ६६ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ७२ जनाको रिपोर्ट आउन बाँकी छ । कोभिड–१९ को संक्रमणबाट पर्सामा मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

नारायणी कोभिड–१९ अस्पताल गण्डकमा ७०, नारायणी कोभिड–१९ अस्पताल वीरगञ्ज हेल्थ केयरमा १ सय २० र नारायणी अस्पतालमा–२० बेड गरी जम्मा २ सय १० बेडको आइसोलेसन सेन्टर छ भने स्कुल, धर्मशाला, होटललगायतका ठाउँमा ४ सय ९५ बेड सेमीआइसोलेसन बनाएर संक्रमितलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment