Comments Add Comment

रौतहटमा बाग्मती नदीमा ३ बालिका बेपत्ता

७ भदौ, रौतहट । रौतहटको धर्मपुरमा रहेको बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता भएका छन् ।

गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।

डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment