News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिका–७ चिम्मरपोखरीबाट १५ वर्षीय बिनोद विश्वकर्मा ४ असोज दिउँसो साइकल लिएर निस्किएपछि बेपत्ता भएका छन्।
- परिवारका अनुसार बिनोद सेतो ज्याकेट र कालो बक्स पाइन्ट लगाएर सेतो–निलो साइकलमा घरबाट निस्किएका थिए।
- उनलाई देखे वा जानकारी भए ९७६३५९९८९९, ९८६५९९५२७८, ९७०९५२०५८८ वा ९७४५९००६३९ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
५ असोज, काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका–७, चिम्मरपोखरीबाट १५ वर्षीय बालक बिनोद विश्वकर्मा बेपत्ता भएका छन् ।
बिनोद ४ असोज (आइतबार ) दिउँसो करिब ३:३० बजे घरबाट साइकल लिएर निस्किएपछि सम्पर्कविहीन भएका हुन् । परिवारका अनुसार उनी हालसम्म घर फर्किएका छैनन् ।
बिनोदका दाइ विशाल विश्वकर्माका अनुसार, घरबाट निस्किने बेला उनले सेतो ज्याकेट र कालो बक्स पाइन्ट लगाएका थिए । उनीसँग सेतो–निलो रङको साइकल रहेको विशालले बताए ।
परिवारले बिनोदको खोजीका लागि आफन्त तथा सम्बन्धित निकायसँग सहयोगको आग्रह गरेको छ । उनलाई कसैले देखेको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल परिवारलाई खबर गरिदिन अनुरोध गरेको छ ।
बिनोदलाई कसैले देखे वा केही जानकारी भएमा ९७६३५९९८९९, ९८६५९९५२७८, ९७०९५२०५८८ वा ९७४५९००६३९ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4