+
+
Shares

१६ वर्षीय मुमेन ४ दिनदेखि बेपत्ता, अवस्था अझै अज्ञात

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:४४

७ असोज, काठमाडौं । गोकर्णेश्वर–५ स्थित टाइमलाइन स्कुलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय विद्यार्थी मुमेन श्रेष्ठ बेपत्ता भएका छन्।

श्रेष्ठ यही असोज ४ गते आइतबार बिहान ६ : ३० बजेदेखि गोठाटारको पहिलो पुल आसपासबाट हराएका हुन्। परिवारका अनुसार उनी गहुँगोरो वर्णका, करिब ५.५ फिट अग्ला छन्।

उनी बेपत्ता हुँदाका बेला निलो ट्रयाकसुट लगाएको तस्वीर सार्वजनिक गरिएको छ।

उनको परवारले खोजीका लागि प्रहरी प्रभाव काँडाघारीमा निवेदन दिएका छन् । प्रहरी खोजी गरे पनि हालसम्म उनको अवस्था अज्ञात रहेको जनाएको छ ।

श्रेष्ठलाई भेट्नुहुने वा उनको अवस्थाबारे जानकारी हुने व्यक्तिले नजिकैको प्रहरी कार्यालयमा वा ९८५११५१८३४, ९८२३००३५२७ र ०१–४९१०१७७ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?