Comments Add Comment

रुपन्देहीमा भदौ १४ सम्म निषेधाज्ञा थपियो

७ भदौ, बुटवल । रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थप गरिएको छ ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भदौ १४ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा अन्तर्गत खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरी जन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म (तीन घण्टा) र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म (दुई घण्टा) सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

यसअघि सिद्धार्थनगर नगरपालिकाले पनि भदौ १४ गतेसम्म निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो ।

हेर्नुहोस् निषेधाज्ञाको आदेश

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment