+
+
Shares

स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने घटना दुःखद् : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १५:१८

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणमा ‘फ्रन्ट लाइन’मा खटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।

उनले आइतबार वक्तव्य निकालेर आफ्नो जीवन जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीसंगै सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाईकर्मीहरुको प्रशंसा गरेका छन् । ‘यो प्रतिकूलतामा निर्वाह गरेको भूमिकाको उच्च सह्राहना गर्दछु’ उनले भनेका छन् ।

उनले स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण खलल हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।

‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ’ उनले भनेका छन्, स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु ।’

स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भन्दै देउवाले यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न सबैलाई आग्रहसमेत गरेका छन् । एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा मानवीय भावना साथ थप क्रियाशील रहन पार्टीका नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।

साथै विदेशमा अप्ठ्यारामा परेकाहरुको निःशुल्क उद्वार गर्नसमेत सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?