Comments Add Comment

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई कोरोना

७ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन ३२ गते अस्पतालको इमर्जेन्सी विभागमा भर्ना गरिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि २ भदौमा मृत्यु भएको थियो । ८७ वर्षीय ती बिरामीमा मिर्गौलामा समस्या थियो ।

ती वृद्धको कोरोना संक्रमण देखिएर मृत्यु भएपछि आइतबार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी होटल क्वारेन्टिनमा बस्दै आएका थिए ।

कोरोना संक्रमबाट मृत्यु भएका वृद्धको कन्ट्याक ट्रेसिङमा आएका इमर्जेन्सी विभागमा कार्यरत चिकित्सकसहित प्रतिष्ठानका ५० जनाको स्वाब परीक्षण गरिएको थियो ।

आइतबार १ जना स्वास्थ्यकर्मीको पोजेटिभ आएको र केहीको नतिजा आउन बाँकी रहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

प्रि–आइसोलेसनमा राख्नुपर्ने बिरामीलाई सिधैं इमर्जेन्सीमा भर्ना गर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । कर्मचारीको अभाव र व्यवस्थापनमा समस्या भएको भन्दै आइसोलेसन हटाइएपछि ती बिरामीलाई सिधै इमर्जेन्सीमा भर्ना गरेर उपचार गरिएको थियो ।

जनशक्तिको अभावमा प्रिआइसोलेसन इमर्जेन्सी विभागमै चलाइएको र जनशक्ति पूर्ति गर्न लकडाउन तथा कोरोनाको जोखिमले समस्या परेको आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment