+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

आन्तरिक हवाई उडान कहिलेदेखि ?

अच्युत पुरी अच्युत पुरी
२०७७ भदौ ८ गते १३:१२

८ भदौ, काठमाडौं । सरकारले १६ भदौदेखि शर्तसहित खुला गर्ने निर्णयसँगै अन्तर्राष्ट्रिय व्यवसायिक उडान सञ्चालनको तयारी सुरु भएको छ । तर, आन्तरिक उडानका सम्बन्धमा भने सरकारले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।

हुनत सरकारको अहिलेसम्मको निर्णय भदौ १५ गतेसम्म मात्र आन्तरिक उडान बन्द गर्ने हो । तर आन्तरिक उडान खुल्ने वा नखुल्ने भन्ने कुरा काठमाडौं र तराईका ठूला विमानस्थल रहेको शहरमा हुने संक्रमणको अवस्थामा निर्भर हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

‘उडान कहिलेबाट कुन कुन गन्तब्यमा खुल्ने निर्णय सरकारबाटै आउनुपर्छ’, प्राधिरणकाका उपमहानिर्देक राजकुमार क्षेत्री भन्छन्, ‘हवाइजहाज खुल्ने नखुल्ने भन्ने विषय संक्रमणसँगै तय हुन्छ ।’

यद्यपी आन्तरिक उडानका विषयमा के गर्ने भन्नेबारे छलफल भने चलिरहेको उनले जानकारी दिए । यता, व्यवसायीले भने सुरक्षा प्रवन्ध अपनाएर उडान खोल्नुपर्ने माग गरिरहेका छन् । पर्यटक र हवाई यात्रुको बढ्दो चापसँगै व्यवसायमा अर्बौ रुपैयाँ लगानी गरेका व्यवसायी ६ महिनाभन्दा लामो समयदेखिको बन्दले धरासायी हुने अवस्थामा पुगेको वायुसेवा संचालक संघको भनाइ छ ।

सरकारले १ भदौबाट गरेको तयारीमा समेत तत्काल काठमाडौंबाट तराईका ठूला विमानस्थलमा उडान नखोलिने निर्णय भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारी संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सोहीअनुसार प्रस्ताव लगेको थियो ।

तर, १५ दिन प्रतिबन्ध थप गरिएको थियो । मन्त्रालयको तयारी अनुसार पहिलो चरणमा आन्तरिक उडानतर्फ पोखरा र भरतपुरमा उडान खोल्ने प्रस्ताव गरिएको थियो । तर, अब भने भरतपुरसमेत जोखिमयुक्त शहरमा परिसकेको छ । ‘भरतपुर र तराईका विमानस्थल कोरोनाको सबैभन्दा जोखिममा छन्’, उपमहानिर्देशक क्षेत्री भन्छन्, ‘काठमाडौंको समेत जोखिम समेतलाई आधार मानेर मात्र आन्तरिक उडानका सम्बन्धमा निर्णय हुन्छ ।’

निराश व्यवसायी

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बन्द गरेको व्यवसायिक उडान अनिश्चित बनेपछि व्यवसायी भने निराश छन् ।

‘कि बन्दाबन्दीपछि सार्वजनिक स्वास्थ्य र कोरोना नियन्त्रणमा सकारात्मक परिणाम देखिनु पर्यो’, एक हवाई व्यवसायीले भने, ‘न महामारी नियन्त्रण हुने, न व्यवसाय, त्यसका कारण अर्बौं लगानी धरासायी भएपछि त्यसको पूर्तिमा कसले सहयोग गर्छ ?’

नेपालमा १० चैतयता हवाई सेवा बन्द छ । यसरी लामो समय हवाई सेवा लामो समयसम्म बन्द हुँदा त्यसले प्रत्यक्ष–परोक्ष आश्रित हजारौं श्रमिकको आयस्रोत र उनीहरुमा आश्रित परिवारको रोटीरोटी बन्द भएको संघका अध्यक्ष रामेश्वर थापाको भनाइ छ ।

व्यवसायीले हवाई उद्योगलाई धरासायी हुनबाट समेत बचाउन सरकारसँग गरेका छन् । उता, हवाई उडानको प्रतिक्षामा बसेका हजारौं यात्रु समेत अन्यौलमा छन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?